आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघर्षरत रोमाको सहज जीत

सोमबार, १५ असोज २०८०, ०६ : ४०
सोमबार, १५ असोज २०८०

रोमा । रोमेलु लुकाकुले आइतबार फ्रोसिनोनमाथि २–० को जीत हात पार्दै रोमालाई सिरी ए सिजनको दोस्रो जित दिलाएका छन् ।  ३० वर्षीय स्ट्राइकरले हाफ टाइमअघि पाउलो डिबालाको पासमा रोमाका लागि पाँच लिग खेलमा तेस्रो गोल गरे।

डिबालाले लोरेन्जो पेलेग्रिनीको लागि दोस्रो गोलको अवसर पनि सिर्जना गरेका थिए । ‘गोलको अगाडि धेरै मेहनत साथ यो महत्त्वपूर्ण जीत हो,’ लुकाकुले भने।

जेनोवामा मध्यहप्ताको ४-१ को लज्जास्पद हारबाट फर्किएपछि जोसे मोरिन्होको संघर्षरत टोली सात खेलबाट ८ अंक जोडेर १२ औं स्थानमा पुगेको छ। मोरिन्होले शनिबार उनको कोचिङ करियरको सबैभन्दा खराब सुरुवात गरे पनि आफ्नो भविष्यको बारेमा कुनै डर नरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप