आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

इङ्ल्यान्ड सबैभन्दा पाको टोली, अफगानिस्तान सबैभन्दा कान्छो

सोमबार, १५ असोज २०८०, ११ : ०४
सोमबार, १५ असोज २०८०

काठमाडौँ । भारतमा यही अक्टोबर ५ देखि एकदिवसीय विश्वकप सुरु हुँदैछ । यतिबेला प्रतियोगितामा सहभागी हुने सबै १० टोली अभ्यास खेलमा व्यस्त रहेका छन् । 

हरेक टोलीमा १५–१५ जना खेलाडी रहेका छन् । अर्थात् प्रतियोगितामा १५० जना खेलाडी सहभागी हुँदैछन् । यसमा अफगानिस्तानका १८ वर्षीय स्पिनिर नूर अहमद सबैभन्दा युवा खेलाडीका रूपमा रहेका छन् । त्यहीँ ३९ वर्षीय डच खेलाडी वेज्ले वारेसी सबैभन्दा बुढो खेलाडी हुन् ।

इंग्ल्याण्डको टोलीको औसत उमेर ३१ वर्ष ४ महिना रहेको छ जुन १० टोलीमध्ये सबैभन्दा बढी हो । यता २४ वर्ष औसत उमेर भएको अफगानिस्तानको सबैभन्दा युवा टोली हो । 

१. इङ्ल्यान्डको सबैभन्दा बढी औसत उमेर, ११ खेलाडीहरू ३० वर्षमाथिका

डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपमा सबैभन्दा बुढो खेलाडीहरू भएको टोली हो। टोलीको औसत उमेर ३१ वर्ष ४ महिना छ । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा बढी छ । ३६ वर्षीय मोइन अली सबैभन्दा जेठो खेलाडी हुन्, उनी टोलीमा रहेका ३६ वर्षका डेभिड मलानभन्दा साढे दुई महिना जेठा हुन्। २४ वर्षीय ह्यारी ब्रुक सबैभन्दा कान्छा खेलाडी हुन् ।

२. अष्ट्रेलियामा २५ वर्ष मुनिका एक खेलाडी मात्र 

अस्ट्रेलियाको औसत उमेर ३१ वर्ष २ महिना हो । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा माथि छ भने एक खेलाडी २५ वर्षभन्दा कम छन् । ३६ वर्षीय बायाँ हाते ब्याट्सम्यान डेभिड वार्नर टोलीका सबैभन्दा पाका खेलाडी हुन् भने २४ वर्षीय अलराउन्डर क्यामरुन ग्रीन सबैभन्दा कान्छो खेलाडी हुन् । ट्राभिस हेड (२९), मार्नस लाबुसचेन (२९) र जोस इङ्ग्लिस (२८) मात्र ३० वर्ष मुनिका तीन खेलाडी हुन्।

३. रवीचन्द्रन अश्विन भारतको सबैभन्दा जेठो, शुभमन कान्छो

टीम इन्डियाको औसत आयु ३० वर्ष ७ महिना हो । ३७ वर्षका स्पिनर रवीचन्द्रन आश्विन सबैभन्दा पाको उमेरका छन् भने २४ वर्षका ओपनर शुभमन गिल टोलीमा सबैभन्दा कान्छो छन् । ८ खेलाडीको उमेर ३० वर्ष माथि छ जसमा रोहित शर्मा ३६ र विराट कोहली ३४ वर्षका छन् । टोलीका ६ खेलाडी २५ देखि २९ वर्ष उमेर समूहका छन् ।

४. न्यूजिल्याण्डको औसत उमेर भारतको बराबर

न्यूजिल्याण्ड टोलीको औसत उमेर पनि ३० वर्ष ७ महिना छ । फास्ट बलर टिम साउथी र ट्रेन्ट बोल्ट ३४–३४ वर्षका छन् तर साउथी बोल्टभन्दा ७ महिना जेठो छन्, त्यसैले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । २३ वर्षीय अलराउन्डर रचिन रवीन्द्र सबैभन्दा कान्छो हुन् । उनीबाहेक ग्लेन फिलिप्स (२६) र मार्क च्यापम्यान (२९) मात्र ३० भन्दा कम छन् । बाँकी १२ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बिचमा छ ।

५. दक्षिण अफ्रिकामा ३० वर्ष मुनिका ६ खेलाडी छन्

दक्षिण अफ्रिका टोलीको औसत उमेर ३० वर्ष छ । ३४ वर्षीया रस्सी भान डर डुसेन सबैभन्दा जेठो हुन्। उनी रीजा हेन्ड्रिक्स भन्दा ६ महिना र डेभिड मिलर भन्दा ४ महिना पाको छन् । २२ वर्षीय फास्ट बलर जेराल्ड कुट्जी सबैभन्दा कान्छो हुन् । टोलीमा ३० वर्ष मुनिका थप ५ खेलाडी छन् । ९ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बिचमा छ ।

६. नेदरल्याण्ड्सका वेज्ले वारेसी प्रतियोगिताको सबैभन्दा जेठो

नेदरल्याण्ड्स टोलीको औसत उमेर २८ वर्ष ४ महिना छ । प्रतियोगिताका १५० खेलाडीमध्ये दायाँ हाते ब्याट्सम्यान वेज्ले वारेसी ३९ वर्षका सबैभन्दा पाका खेलाडी हुन् । टोलीमा २०–२० वर्षका आर्यन दत्त, विक्रमजीत सिंह र शरिज अहमद पनि छन् । तर तीमध्ये आर्यन सबैभन्दा कान्छो हुन्, उनको जन्म सन् २००३ मेमा भएको थियो । टोलीका ९ खेलाडीको उमेर २० देखि २९ वर्ष र ६ खेलाडी ३० वर्षभन्दा माथिका छन् ।

७. पाकिस्तानको औसत उमेर मात्र २७

पाकिस्तानी टोलीको औसत उमेर २७ वर्ष ६ महिना छ । २२ वर्षीय फास्ट बलर मोहम्मद वासिम सबैभन्दा कान्छो खेलाडी हुन् । टोलीमा १२ खेलाडी ३० वर्ष मुनिका छन् । जहाँ फखर जमान र इफ्तिखार अहमद ३३-३३ वर्षका छन् । तर फखर ५ महिना ठूला भएकाले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । टोलीका कप्तान बाबर आजम २८ वर्षका छन् ।

८. श्रीलंकामा २० वर्ष उमेरका २ खेलाडी समावेश छन्

श्रीलंका टोलीको औसत उमेर २७ वर्ष ३ महिना छ । ३५ वर्षका ओपनर दिमुथ करुणारत्ने सबैभन्दा पाका खेलाडी हुन् । जबकि बायाँ हाते स्पिनर डुनिथ भेलाज र फास्ट बलर मथिश पाथिराना मात्र २०-२० वर्षका छन् । तर भेलालाघे पाथिरानाभन्दा एक महिना कान्छा छन्, त्यसैले उनी टोलीका सबैभन्दा कान्छो खेलाडी हुन्। टोलीमा १० खेलाडीको उमेर २० देखि २९ वर्ष र ५ खेलाडीको ३० वर्ष नाघेको छ ।

९. बंगलादेशमा २६ वर्ष मुनिका ७ खेलाडी छन्

बंगलादेश टोलीको औसत उमेर २७ वर्ष २ महिना छ । ३७ वर्षीय महमुदुल्लाह रियाद सबैभन्दा पाका खेलाडी हुन् भने २० वर्षीय फास्ट बलर तान्जिम हसन साकिब कान्छा खेलाडी हुन् । कप्तान शकिब अल हसन (३६ वर्ष) र मुस्फिकुर रहिम (३६ वर्ष) को उमेर ३५ वर्षभन्दा माथि छ । बाँकी १२ खेलाडीको उमेर २० देखि २८ वर्षसम्म रहेको छ ।

१०. अफगानिस्तानका ११ खेलाडीहरूको उमेर २५ भन्दा कम

अफगानिस्तान टोलीको औसत उमेर २४ वर्ष रहेको छ । १८ वर्षीय चाइनाम्यान बलर नूर अहमद टोलीका कान्छो खेलाडी हुन्, उनी प्रतियोगिताका सम्पूर्ण १५० खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी पनि हुन्। ३८ वर्षीय मोहम्मद नाबी टोलीका सबैभन्दा पाका खेलाडी हुन् । उनीहरूबाहेक रहमत शाह (३०) र नजिबुल्लाह जद्रान (३०) ३० वर्ष वा सोभन्दा माथि छन् । बाँकी सबै खेलाडीको उमेर २९ वर्ष मुनिका छन्, जसमध्ये ११ वर्षको उमेर १८ देखि २४ वर्षको बिचमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप