आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
डाक्टर कुटपिटको विरोधमा काठमाडौं मेडिकल कलेजमा आज पनि प्रदर्शन

डाक्टर कुटपिटको विरोधमा काठमाडौं मेडिकल कलेजमा आज पनि प्रदर्शन

सोमबार, १५ असोज २०८०

काठमाडौँ । डाक्टर कुटपिटको विरोधमा सोमबार पनि राजधानीको काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन् । 

डाक्टरहरुले मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन्। कुटपिटमा संलग्नमध्ये २ जना पक्राउ परेपनि  एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ । उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । 
आइतबार आपसी विवादका क्रममा विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया