आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६.९७ प्रतिशत ब्याजदरमै सरकारले उठायो ७२ अर्ब ३१ करोड आन्तरिक ऋण

सोमबार, १५ असोज २०८०, ११ : २८
सोमबार, १५ असोज २०८०

काठमाडौं । चालू आर्थिक वर्षमा सस्तो ब्याजदरमै सरकारले ७२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका लागि केन्द्रीय बैंकमार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ७२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । 

आर्थिक वर्षको असोज १४ गतेसम्ममा १० पटक गरी केन्द्रीय बैंकले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । अघिल्लो वर्षको तुलनामा सरकारले सस्तो ब्याजरमा ऋण उठाएको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।  बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण पाएको हो ।

यसले सरकारी दायित्व समेत कम भई राष्ट्रिय लगानीको वातावरण बनेको केन्द्रीय बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप