आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्नी–आमिरको फिल्मलाई ९५ करोडको अफर : छिट्टै घोषणा गरिने

सोमबार, १५ असोज २०८०, १३ : २१
सोमबार, १५ असोज २०८०

सन्नी देओलले हालै ‘गदर–२’ जस्तो सुपर हिट फिल्म दिएका छन् । यो फिल्मपछि उनलाई धेरै ठुला अफर आएका छन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सनी देओल आफ्नो अर्को फिल्मका लागि निर्देशक राजकुमार सन्तोषीसँग कुरा गरिरहेका छन् । यसमा विशेष कुरा के छ भने यो फिल्मलाई आमिर खानले आफ्नो ब्यानरमा निर्माण गर्ने सम्भावना छ ।

फिल्मको छायाङ्कन अर्को वर्ष सुरु हुन सक्ने

जूमको रिपोर्टलाई विश्वास गर्ने हो भने ओटीटी प्लेटफर्मले सन्नी र आमिरलाई फिल्मको विशेष अधिकारका लागि ९५ करोड भारतीय रुपैयाँ प्रस्ताव गरेको छ । फिल्मको छायाङ्कन अर्को वर्षबाट सुरु हुनसक्छ ।

तर, सन्नी देओलले यस विषयमा अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । आमिर र सन्नीले अक्टोबर १९ मा आफ्नो सहकार्यबारे घोषणा गर्ने सम्भावना छ ।

सन्नीको फिल्ममा आमिर सहायक निर्देशक थिए

सन्नी र सन्तोषीले यसअघि  ‘घायल’, ‘घातक’ र ‘दामिनी’ जस्ता हिट फिल्म दिएका छन् तर आमिर र सन्नीले अहिलेसम्म सँगै स्क्रिन सेयर गरेका छैनन् । तर, सन् १९८५ मा रिलिज भएको सन्नी स्टारर फिल्म ‘जबरदस्त’ मा आमिर खान सहायक निर्देशक थिए । फिल्मलाई उनका काका नासिर हुसैनले निर्देशन गरेका थिए ।

आमिर र सन्नीको फिल्म तीन पटक बक्स अफिसमा भिड्यो 

आमिर र सन्नीले कहिल्यै सँगै काम नगरे पनि यी दुईबिच तीन पटक ठुलो भिडन्त भएको थियो । यसबारे जानकारी लिऔँ...

dilपहिलो भिडन्त – दिल र घायल (१९९०)

सन् १९९० मा सँगै रिलिज भएका यी दुवै फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । आमिर अभिनीत ‘दिल’ २० करोडको कलेक्सनका साथ त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। जबकि ‘घायल’ले १७ करोड कमाएको थियो । त्यो वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म थियो ।

raja hindustaniदोस्रो भिडन्त – राजा हिन्दुस्तानी र घातक (१९९६)

सन् १९९६ मा आमिर र सन्नी फेरि फिल्ममा आमनेसामने भएका थिए । जहाँ राजा हिन्दुस्तानी ४३ करोड कमाएर ब्लकबस्टर बनेको थियो । जबकि घटक १६ करोड कमाएर सुपर हिट भएको थियो ।

laganतेस्रो भिडन्त – लगान र गदर (२००१)

यी दुईको फिल्म एक आपसमा भिडेको यो तेस्रो पटक थियो । यस पटक सनी देओलले जिते । उनको गदरले ७६ करोड कमाएको थियो । जबकि लगानको कमाई ३५ करोडमा मात्र सीमित रह्यो । तर पछि यसले क्लासिक फिल्मको हैसियत पायो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप