आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा ५.१९ अंकको वृद्धि, १ अर्ब ७३ करोडको कारोबार

सोमबार, १५ असोज २०८०, १५ : २०
सोमबार, १५ असोज २०८०

काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो । यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ ।

परिसूचक ०.२६ प्रतिशतले बड्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । 

यस्तै, अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले खुम्चिएको छ ।

(यसअघि बढेको हुनुपर्नेमा भुलवश घटेको हुन पुगेकाले क्षमायाचनासहित सच्चाइएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप