आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

कर्णाली एमाले अधिवेशन : २०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार शाहको अग्रता कायमै, सचिवमा शाहीको अग्रता

सोमबार, १५ असोज २०८०, १६ : ३६
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । २०० मत गणना गर्दा शाहले १२१ मतसहित अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार  टेकराज पछाइले  १०८ मतसहित अग्रता लिइरहेका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार  लाल बहादुर महतराले ५९ मत पाएका छन् ।

त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले १३७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ५१ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप