आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा शान्तिको आवश्यक छ : मन्त्री साउद

सोमबार, १५ असोज २०८०, १८ : ५६
सोमबार, १५ असोज २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन् ।  

सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको बताए । 

मन्त्री साउदले कानुन, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रुपमा शाीन्तलाई विकास गर्न जरुरी रहेको बताए । उनले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताए ।

मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरुले हतियार उठाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप