आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीडामा रहेका नागरिकलाई न्याय दिनुपर्ने चुनौती छ : वर्षमान पुन

सोमबार, १५ असोज २०८०, १९ : ०६
सोमबार, १५ असोज २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती रहेको बताएका छन् ।  

सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताए । 

उपमहासचिव पुनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताए । उनले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए ।

उपमहासचिव पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप