आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय गायक रितो रिबा नेपाल आउँदै

सोमबार, १५ असोज २०८०, २० : ०५
सोमबार, १५ असोज २०८०

काठमाडौँ । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् ।  टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागि रिबा नेपाल आउने भएका हुन् ।  

२७ गते काठमाडौँमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुति रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए । 

लाइभ कन्सर्टमा सहभागीका लागि ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाएको छ । 

लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए ।  टिकट अनलाइन बुकिङ्ख मार्फत गरिने उनले बताए । 

केहि समयअघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।  जजहरुको रिजेक्ट पछि नै उनको भाग्य चम्किएको छ । 

रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना  गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौँ सांगितिक कार्यक्रम सम्पन्न गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप