आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णाली एमाले पदाधिकारीमा गुलाबजङ्गको प्यानल नै निर्वाचित (मतसहित)

सोमबार, १५ असोज २०८०, २० : ५६
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाहको प्यानल नै निर्वाचित भएको छ । 

अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् । 

शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाएका छन् । 

त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित भएका छन् । उनले ३४६ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा ध्रुव शाही निर्वाचित भएका छन् । शाहीले ४०४ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाएका छन् । उपसचिवमा रविन्द्र शर्मा निर्वाचित भएका छन् । शर्मा २९९ मतसहित उपसचिवमा निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप