आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु

सोमबार, १५ असोज २०८०, २१ : ५४
सोमबार, १५ असोज २०८०

नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद् व्यवस्थापन अधिकारीले बताए ।

भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप