आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा मधेस प्रदेश समितिले प्रकाशन गर्यो जनजागरण पुस्तिका

मङ्गलबार, १६ असोज २०८०, ०९ : २२
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले जनजागरण पुस्तिका प्रकाशन गरेको छ । 

पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरूक गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।

विभेदकारी संविधानको निर्माण र आंशिक स्वीकार्यताको बाध्यता, मोर्चा बन्दी तथा पार्टी एकीकरणको औचित्य, सरकारमा पार्टी सहभागिताको औचित्य तथा प्राप्त उपलब्धि, सङ्घीयताप्रति अन्य पार्टीको दृष्टिकोण, गौर घटनाको यथार्थ–अन्तर्य र पार्टीको भावी कार्ययोजना लगायतका विषयसूची समेटेर पुस्तक प्रकाशन गरिएको मधेस प्रदेश समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप