आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपेन्द्रको लगातार तीन छक्कासँगै नेपालले सय रन पार गर्‍यो

मङ्गलबार, १६ असोज २०८०, ०९ : ४१
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले एक सय रन पुरा गरेको छ । 

नेपालले १३.२ ओभरमा एक सय रन पुरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै टोलीलाई एक सय रन कटाएका थिए । त्यसपछि पनि लगातार दुई बलमा उनले छक्का हिर्काएका थिए । 

१४ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर एक सय १९ रन बनाएको छ । दीपेन्द्र ३० र सन्दीप जोरा १२ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ३६ बलमा ८३ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप