आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बझाङ भूकम्प

बझाङका सीडीओ भन्छन्–भूकम्पबाट भएको क्षतिबारे विवरण लिने क्रममा छौँ

मङ्गलबार, १६ असोज २०८०, १६ : १९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौं । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । ‘खोड्पे-चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘मानवीय संकटको अवस्था भएको जानकारी आएको छैन । हामी तैनाथ छौं । अहिलेसम्म परिचालन गर्नुपर्ने अवस्था आएको छैन ,’ उनले भने ।

उद्दारका लागि तीन वटै सुरक्षा निकाय तैनाथ रहेको पाण्डेयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप