आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कारमाथि चढेर व्यस्त सडकमै जब एक जनाले ‘फिल्मी शैली’मा पैसा उडाउन थाले...

मङ्गलबार, १६ असोज २०८०, १६ : ४१
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । व्यस्त सडकमा एक अज्ञात व्यक्तिले बटुवाहरुलाई भेला गरेर ‘फिल्मी शैली’ मा पैसा उडाएका हुन् ।

कारमाथि उभिएर ती व्यक्तिले पैसा छर्दै गर्दा टिप्नका लागि भेला भएकाहरु पनि तँछाड मछाड गरिरहेका थिए । तर पैसा त्यसरी छर्ने व्यक्तिले आफ्नो अनुहार भने मुखौटोले ढाकेका थिए ।

धमाधम पैसा हावामा उडाउन थालेपछि टिप्नका लागि रिक्सा चालकदेखि लिएर बाइक, कारमा सवार व्यक्तिहरु पनि होडबाजी गरिरहेका थिए ।

सडकमै यसरी भिड जम्मा गरेर पैसा बाँडेको दृश्य समेटेर तयार पारिएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भयो । त्यसपछि प्रहरीले भिडियोमा देखिएको कारको नम्बरका आधारमा ती व्यक्तिको पहिचान गरी गिरफ्तार गरेको छ ।

जयपुर पुलिसका अनुसार ती व्यक्तिलाई शान्ति भङ्ग गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ती व्यक्तिले मजाका लागि आफूले यस्तो काम गरेको बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप