आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बझाङ भूकम्प

सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते, बझाङमा राजमार्ग अवरुद्ध

मङ्गलबार, १६ असोज २०८०, १६ : ५८
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले रातोपाटीलाई बताए । 

बझाङमा भूकम्पबाट घाइते भएकाहरू  ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ । 

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप