आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुँजी बजारमाथि हस्तक्षेप गरेका छैनौँ : अर्थ सहसचिव सुवेदी

मङ्गलबार, १६ असोज २०८०, १७ : ०६
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । पुँजी बजारमाथि कुनै खालको हस्तक्षेप नगरिएको अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उपस्थित सहसचिव सुवेदीले अर्थ मन्त्रालयकै कारण पुँजी बजारमाथि प्रहार भएको आरोप लाग्ने गरे पनि मन्त्रालयले त्यस्तो कुनै हस्तक्षेपकारी काम नगरेको जिकिर गरे ।

‘पुँजी बजार स्वभावैले प्रतिस्पर्धामा चल्ने क्षेत्र भएकाले बजारको क्रियाशीलता, सेयरको किनबेच र ब्याजदर प्रतिस्पर्धी हुनुपर्छ भन्ने मान्यता अर्थ मन्त्रालयको हो । यसै नीति अनुसार लगानीका लागि खुला छाडिएको पनि छ । तर, यसो भनिराख्दा समग्र मुलुकको अर्थतन्त्रलाई बचाउनका लागि, आर्थिक सन्तुलन कायम राख्नका लागि कहिलेकाहीँ केही आर्थिक क्षेत्रलाई नियन्त्रण र खुला पनि छाड्नुपर्ने हुन्छ,’ उनले भने ।

केन्द्रीय बैंकले यसको आंशिक नियन्त्रण गरेको जनाउँदै सहसचिव सुवेदीले पुँजी बजार खत्तमै भयो, बिग्रियो भन्न नमिल्ने जिकिर गरे । अर्थतन्त्र लयमै रहेको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले मुलुकको अर्थतन्त्रको मुहार सेयर बजार नै रहेकाले यसको गतिशीलताका लागि सरकारले खुल्ला नीति लिनुपर्ने बताए । नेपालको पुँजी बजार दक्षिण एशियाली मुलुकमध्येकै कमजोर र न्यून वृद्धिदर रहेकाले यसको गतिशीलताका लागि सरकारले सोच्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराजभक्त श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप