आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘संघर्ष’लाई उत्कृष्ट सर्ट फिल्म अवार्ड

मङ्गलबार, १६ असोज २०८०, १८ : ०१
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु फिल्म ‘संघर्ष’ उत्कृष्ट भएको छ ।

विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो । 

यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड फिल्म संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । फिल्म संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हासिल गरेका छन् । 

प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्ट फिल्म कहानी एका देशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हासिल गरेकी छिन् ।

यस्तै उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड फिल्म दुर्गमण्डुबाट माधव राज खरेलले हासिल गरेका छन् । 

सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप