आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

मङ्गलबार, १६ असोज २०८०, १८ : १७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि विषयको स्नातक तहमा ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । 

यसका लागि इक्यान र सफ्टेड ग्रुप अन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका निर्देशक प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सन् २०२३ नोभेम्बर तथा २०२४ को मार्च सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । कलेजले स्नातक स्तरको विद्यार्थीलाई बीएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । 

सम्झौता अनुसार कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्नेछ । आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप