आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीका सीईओ अलब्राइट र अर्थमन्त्रीबीच भेटवार्ता, आयोजना समयमै सक्नुपर्नेमा जोड

मङ्गलबार, १६ असोज २०८०, १९ : ५३
मङ्गलबार, १६ असोज २०८०

 काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । नेपालमा सञ्चालित एमसीसी परियोजनामा समस्या आएपछि प्रमुख कार्यकारी अधिकृत र अर्थमन्त्री डा। महतबीच भेटवार्ता भएको हो ।

भेटमा आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा र बजेट सीमा अनुसार काम हुन आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन् । यसो हुन सकेमा नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विषय छलफलमा उठेको थियो । भेटवार्तामा अर्थमन्त्रीले कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिए ।

त्यसैगरी  प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप