आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा औषधिसम्बन्धी बृहत् सम्मेलन हुँदै

मङ्गलबार, १६ असोज २०८०, २० : ०१
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव गणेश शर्माले बताए । 

नेपाली औषधि उद्योगको विकास गर्न समयानुसार औषधिबारे कस्ता नीति बनाउने,  औषधि बजारलाई सुधार कसरी गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा सम्मेलन केन्द्रित रहने सचिव शर्माले जनाए ।

यस सम्मेलनमा  नेपाल, भारत, बंगलादेशलगायतका देशका विज्ञहरुको सहभागिता रहनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप