आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्सेनि तीन हजार मृत्युमध्ये करिब एक हजारको मस्तिष्क मृत्यु हुने

मङ्गलबार, १६ असोज २०८०, २० : ०८
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरूबीच अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रमुख डा.पुकार श्रेष्ठले नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यु हुने र त्यसमध्ये करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको बताए । यदि ‘ब्रेन डेथ’ दाताको अंगहरू सही सदुपयोग गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाई छ । 

अन्य अस्पतालका प्रमुखहरूले अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरुहरूलाई पनि सहभागी गराउन आवश्यक रहेको बताएका थिए ।

यस्तै, सोही कार्यक्रममा अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा चन्द्रप्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए ।   

बेलायतको फ्रिम्यान अस्पतालका सघन उपचारविज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्युपश्चात हुने अंगदानका सम्बन्धमा जानकारी दिएका थिए । 

नेपालमा पहिलो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएको व्यक्तिबाट  १० जनाको मृगौला र ३ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप