आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंककको व्यापारिक केन्द्रमा गोली चल्यो, १४ वर्षीय किशोर पक्राउ

मङ्गलबार, १६ असोज २०८०, २० : ५०
मङ्गलबार, १६ असोज २०८०

थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् । 

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका छन्। 

आक्रमणमा छ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए । 

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप