आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोषको उदासीनता

करोडौँ खर्च गरेर निर्माण भएको लुम्बिनी अन्तर्राष्ट्रिय सभा हलमा गतिविधि न्यून

बुधबार, १७ असोज २०८०, ०६ : १९
बुधबार, १७ असोज २०८०

बुटवल ।   पौने  एक अर्ब लगानीमा  निर्माण  भएको रुपन्देहीको  लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र बनेको  चलायमान बन्न सकेको छैन । सुरुमा निर्माण  भएको केही दिनपछि हल चुहिएपछि नकारात्मक सन्देश भएको  उक्त अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र चलायमान बनाउनको लागि विषय कोषले पनि उचित ध्यान दिएको छैन । 

२०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभा हल उद्घाटन गरेका थिए । त्यसको निर्माण भएको १५ महिनापछि सञ्चालनको कार्यविधि बनाएको छ । तर अझैसम्म लुम्बिनीको बोर्ड बैठकले पास नगरेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए  । 

सभा हलमा   हालसम्म आन्तरिक ४ वटा र बाह्य ४ वटा गरी जम्मा  ८ वटा कार्यक्रम भएका छन् । निर्माण भएको  ५ हजार जना अट्ने क्षमताको हलमा जम्मा अझै एक दर्जन पनि कार्यक्रम नहुँदा त्यो उपयोगितामाथि प्रश्न उठ्ने  अध्येयता  युवराज कँडेले बताउँछन् । उनले भने -' लुम्बिनीमा करोडौँ रकम खर्च  गरेर बनाएको हललाई प्रयोगमा ल्याउन नसक्नु  विकास कोषको कमजोरी हो ।'

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले बर्से लगाएर निर्माण गर्ने  अनि कराेडाैँ खर्च गर्ने तर उपयोग गर्न ध्यान नदिने काम निकै गलत भएको बताए ।उनले यहाँ सभा हल चलायमान हुँदा लुम्बिनीमा आर्थिक गतिविधिमा तीव्रता आउने अपेक्षा यहाँका होटेल व्यवसायी, तथा पर्यटन क्षेत्रका रहेको थियो तर त्यो नहुनु दुखद पक्ष रहेको बताए । 

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले चलाउने विषयमा  विकास कोष गम्भीर रहेको बताए । उनले अहिले केही  कार्यक्रम भए पनि अपेक्षा  गरे अनुसार हुन नसेको बताए । उनले त्यसको लागि विकास कोषले अव थप चलायमान बनाउने तर्फ केन्द्रित हुने बताए । 

11111111111111

हाल पाँच हजार जना अटाउने उक्त सभा हल कोषले कुन प्रकृतिको कार्यक्रमको हो, समय हेरेर दैनिक एक लाखदेखि ५० हजारसम्म भाडा लिने गरिएको छ । 

२०७३ सालमा २५६०औँ बुद्ध जयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए । 

२०७५ साल वैशाख १७ गते २५६२ औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन् । भने उद्घाटन तत्कालीन प्रम शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । 

विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराईका अनुसार साढे एक बिघा जमिनमा फैलिएको ठाउँमा आवश्यकताअनुसार ससाना हलमा विभाजन गर्न मिल्ने प्रविधि जडान गरिएको छ । यस्तै हलको छानो र भित्री सजावटमा चिनियाँ र कोरियाली प्रविधिको सामग्री प्रयोग गरिएको छ।   

Lumbini- ssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप