आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलविरुद्ध लेन्सको पुनरागमन

बुधबार, १७ असोज २०८०, ०७ : ३९
बुधबार, १७ असोज २०८०

लण्डन । गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रेन्च क्लब लेन्सले प्रिमियर लिग क्लब आर्सनललाई ठुलो झट्का दिएको छ । मंगलबार च्याम्पिन्यस लिगको समूह बीको खेलमा लेन्स २–१ गोलले विजयी बन्यो ।

१४ औँ मिनेटमा ग्याब्रियिल जिसुसले आर्सनललाई अग्रता दिलाएका थिए । तर, २५ औँ मिनेटमा इल्ये वाहीको पासमा एड्रिएन थोमासनले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा वाहीले गोल गर्दै लेन्सको पुनरागमन पुरा गरे । खेलमा आर्सनलले बुकायो साकालाई घाइते हुँदै गुमाएको थियो । 

जीतसँगै लेन्स आर्सनललाई उछिन्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल ३ अङ्कसहित दोस्रो स्थानमा छ । उता, समूह कै अन्य खेलमा सेभिया र पीएसभी ईन्डहोभनले २–२ को बराबरी खेल । सेभिया र पीएसभी क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप