आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बझाङ भूकम्पको असर : २६ घाइते, १ बेपत्ता, ४८ भवनमा क्षति

बुधबार, १७ असोज २०८०, ११ : ५३
बुधबार, १७ असोज २०८०

काठमाडौँ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पबाट सुदूरपश्चिमका सात जिल्लामा क्षति भएको छ । सशस्त्र प्रहरीको रिपोर्टअनुसार बुधवार बिहानसम्मको रिपोर्टअनुसार विभिन्न जिल्लामा २६ घाइते र एकजना बेपत्ता भएका छन् ।

त्यसैगरी ४८ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने एउटामा पूर्ण क्षति भएको छ ।  त्यस्तै ४६ वटा निजी घरमा आंशिक र ६ वटा पूर्ण क्षति भएको सशस्त्र प्रहरी प्रधान कार्यालयको रिपोर्टमा उल्लेख छ । 

प्रहरीका अनुसार बझाङमा मात्रै १८ जना घाइते भएका छन् भने ३१ सरकारी भवन आंशिक क्षति भएका छन् भने २९ वटा निजी घरमा आंशिक क्षति भएको छ । बाजुरामा २ जना मानिस घाइते हुनुका साथै ४ वटा सरकारी भवन ४ वटा आंशिक क्षति र एकवटा घर पूर्ण र ९ वटा घरहरू (आंशिक) क्षति भएका छन् ।   डोटीमा ६ वटा सरकारी भवन आंशिक, १ पूर्ण र १ वटा घरमा क्षति पुगेको छ । 

अछाममा ५ जना घाइते भएका छन् भने एक सरकारी भवन पूर्ण, ५ आंशिक क्षति हुँदा एक घर पूर्ण र ३ घरमा आंशिक क्षति भएको छ । बैतडीमा १ जना घाइते, सरकारी भवन १ आंशिक र २ घरमा पूर्ण क्षति पुगेको छ । दार्चुलाको एक सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने डडेलधुरामा एक घर पूर्ण र ४ घरमा आंशिक क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप