आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

बुधबार, १७ असोज २०८०, १४ : ०७
बुधबार, १७ असोज २०८०

जनकपुरधाम । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृष्णप्रसाद यादवले पाएका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन), नियमावली २०८० को नियम (१४) को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री यादव काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएकोले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई दिइएको बुधवार जारी विज्ञप्तिमा जनाइएको छ । 

mmm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप