आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

बुधबार, १७ असोज २०८०, १४ : १९
बुधबार, १७ असोज २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ । असोज २२ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो । 

इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले बुधबार एक सूचना जारी गर्दै स्नातक तह (बीई र बी आर्क) को प्रवेश परीक्षा स्थगित भएको जनाएको हो । यसअघि डीन कार्यालयले नै मंगलबार सूचना जारी गर्दै असोज २२ गतेदेखि परीक्षा गर्ने जनाएको थियो । तर, उक्त सूचना जारी भएको एक दिनमै अर्को सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । 

गत भदौमा तोकिएको प्रवेश परीक्षा समेत आन्दोलनका कारण स्थगित गरिएको थियो ।  प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएका थिए । सोही कारण डीन कार्यालयले अर्को सूचना जारी नहुँदासम्म प्रवेश परीक्षा स्थगन गरेको हो ।  

शुल्क बृद्धिको विवाद समाधान नहुँदा संस्थान यतिबेल अस्तव्यस्त बनेको छ । मंलबार प्रवेश परीक्षा बोर्डका ५ जना सदस्य र २ जना सल्लाहकारी गरी ७ जनाले नै राजीनामा बुझाएका थिए । त्यस्तै ६ जना विभागीय प्रमुखहरूले समेत आफ्नो जिम्मेवारी स्ववियुलाई सुम्पिएको घोषणा गरेका थिए ।

engineering-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप