आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बझाङ भूकम्प : राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न कांग्रेसको आग्रह

बुधबार, १७ असोज २०८०, १४ : ४०
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले बझाङमा मंगलबार गएको भूकम्पबाट प्रभावितको राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न  सरकारलाई आग्रह गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी गर्न,  प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारलाई आग्रह गरेका हुन् । 

साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि सभापति देउवाले आग्रह गरेका छन् । देउवाले यो  विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीयहरुमा विज्ञप्तिमार्फत अपील गरेका छन् । 
विज्ञप्तिमा देउवाले भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति  गहिरो दुःख व्यक्त गरेका छन् । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप