आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भ्रातृ सङ्गठनलाई जसपाले काट्यो पत्र

बुधबार, १७ असोज २०८०, १५ : ५४
बुधबार, १७ असोज २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना भ्रातृ सङ्गठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन पत्र काटेको छ । 

पार्टी निकट बौद्धिक पेसाकर्मी महासङ्घ, ट्रेड युनियन महासङ्घ, युवा सङ्घ, विद्यार्थी युनियन, महिला सङ्घलगायतका सम्पूर्ण भ्रातृ सङ्गठन तथा पेसागत सङ्गठनलाई २०७९–८० को आम्दानी र खर्चको लेखा परीक्षण मान्यता प्राप्त लेखा परीक्षकबाट गराई तयार गरिएको प्रतिवेदन केन्द्रीय आर्थिक विभागमा अनिवार्य बुझाउन भनिएको छ ।

भ्रातृ संगठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन यही असोज मसान्तसम्मको समयसीमा तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप