आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था संशोधन गर्न माग

बुधबार, १७ असोज २०८०, १६ : ३७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । शिक्षक हुन स्नातक तह  उत्तिर्ण गरेको हुनुपर्ने बुँदा विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरिएको छ । ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न माग गरेको हो ।

विधेयकमा शिक्षक महासंघ, पेशागत संघ संगठनहरूले उठान गरेका मागहरूमा ४० वर्ष उमेर हद र प्लस टु सहित शैक्षिक योग्यताका लगायतका विषय उठान गरेको भन्दै ती मागहरू संशोधन गर्न भनिएको हो ।

विधेयकको दफा ५० (ख) मा आधारभूत तहको शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने भन्ने छ । संघर्ष समितिले उक्त दफामा आधारभूत तर्फ कक्षा १ देखि ५ सम्मका लागि न्यूनतम प्लस टु पास गरेको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको छ ।

त्यस्तै कक्षा १ देखि ८ सम्म विषयगत न्युनमत प्लस टु पास, कक्षा ९ र १० को हममा न्यूनतम स्नातक र कक्षा ९ देखि १२ सम्मको हकमा विषयगत न्यूनमत स्नातकोत्तर तह पास गरेको भनि शैक्षिक योग्यता तोक्नुपर्ने माग गरेको हो । त्यस्तै दफा ५० (घ) मा रहेको शिक्षक हुन २१ वर्ष पुरा भई ३५ वर्ष पुरा नभएको भन्ने छ । संघर्ष समितिले उक्त बुँदा संशोधन गरेर शिक्षक बन्न उमेर हद १८ वर्ष पुरा भई ४० वर्ष पुरा नभएको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको हो । त्यस्तै एसईई राष्ट्रिय परीक्षा बोर्डबाटै हुने साविककै व्यवस्था गर्न समेत माग गरेको छ ।

त्यस्तै माध्यमिक विद्यालयको प्रअको हकमा सम्बन्धित स्थानीय तहभित्र मावि तहमा पढाउने शिक्षकमध्येबाट एक जनालाई सीईओको रूपम खुला प्रतिस्पर्धाबाट गराउनुपर्ने माग छ । सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई छोराछोरीलाई अनिवार्य रूपमा आफुले पढाउने विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न समेत माग गरेको छ ।

सरकारी कर्मचारीका छोराछोरीले समेत सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ । कुनै पनि बोर्ड परीक्षामा आफुले अध्यापन गराएको विषयमा ६० प्रतिशत विद्यार्थी लगातार ३ वर्षसम्म अनुत्तिर्ण भएमा त्यस्तो शिक्षकलाई कारबाही गर्ने प्रावधान राख्न समेत समितिले माग गरेको छ । यी मागहरू अनुसार संशोधन नगरिएको खण्डमा कडा संघर्षमा जाने समिति प्रचार विभाग प्रमुख भक्तबहादुर बुढाले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप