आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा धार्मिक र सामाजिक सदभाव कायम राख्न कांग्रेसको अपिल

बुधबार, १७ असोज २०८०, १६ : ४५
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले बाँकेमा सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सदभावका लागि अपिल गरेको छ । केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको हो ।

सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह गरेका छन् ।

सभापति देउवाले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकताबद्ध भई मिलेर बसेका छौँ र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्नरनगराउन हार्दिक आह्वान गर्दछौँ ।’

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप