आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रसूति गृहमा नयाँ फार्मेसी काउन्टर सुरु

बुधबार, १७ असोज २०८०, १७ : ०४
बुधबार, १७ असोज २०८०

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ । मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

यस काउन्टरबाट आपतकालीन, इनडोर, अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), बाझोपन र परिवार नियोजन रोगीहरूका लागि सेवा दिइने निर्देशक डा.अधिकारीले बताए ।

अहिले अस्पतालको एनआईसीयूमा १० बेड थप गरी २० बेड सञ्चालन गरिएको छ भने अनलाइन टिकट सेवा समेत सुरुवात गरिएको अधिकारीले बताए ।  यस्तै गरिब विपन्न महिलाका लागि अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप