आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुनै पनि हालतमा सरकारले प्रहरी समायोजन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बुधबार, १७ असोज २०८०, १७ : ११
बुधबार, १७ असोज २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनबिनाको सङ्घीयता निष्प्रभावी हुने बताएका छन् । बुधवार महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयद्वारा आयोजित समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेश स्तरीय अन्तरक्रियामा बोल्दै उनले संघीयतामा प्रहरी समायोजन अनिवार्य सर्त भएको बताएका हुन् । 

‘प्रहरी समायोजन र सङ्घीयता अभिन्न अङ्गको प्रक्रिया हो । प्रहरी समायोजनबिना सङ्घीयता कामै छैन । सरकार समायोजनको पक्षमा छ । यसको गृहकार्य सरकारले गरिरहेको छ’, उनले भने । 

पारित भएको प्रहरी ऐनमा समायोजनसम्बन्धी समस्या भए प्रहरी महानिरीक्षक, सङ्घीय गृह सचिव, सबै प्रदेशका गृहमन्त्री बसेर छलफल गर्न सकिने उनको भनाइ छ ।  उनले सङ्घीयतालाई निष्क्रिय बनाउन नदिन प्रहरी समायोजन कुनै पनि हालतमा कार्यान्वयन गरेर छाड्ने प्रतिबद्धता जनाए ।  

त्यस्तै उनले राष्ट्रिय सुरक्षालाई बलियो बनाएर भौगोलिक एकता, राष्ट्रिय अखण्डता र व्यवस्थामाथि भएको आक्रमणबाट बचाउन सामाजिक सदभाव आवश्यक भएको बताए । पछिल्लो समय सामाजिक र धार्मिक द्वन्द्व भड्काउन उद्धत रहेको भन्दै त्यसतर्फ चनाखो रहन श्रेष्ठले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप