आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुवेदी र जोशीलाई अनुवाद पुरस्कार

बुधबार, १७ असोज २०८०, २१ : ३६
बुधबार, १७ असोज २०८०

काठमाडौँ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगुढी, भारतले युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । 

गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले अनुवादकद्वयलाई छनोट गरेको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा छन् ।

यी दुई पुरस्कारको राशि क्रमशः भारु एक्काइस हजार र एघार  हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ ।  युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् । 

पुरस्कृत स्रष्टा कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा. सुवेदी प्राज्ञिक व्यक्तित्व हुन् । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उनको उपस्थिति रहेको छ । अराजक जस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक र सफल अनुवादक हुन् ।

डा सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउन्ड एन्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्याङ्कन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् । 

अर्का पुरस्कृत अनुवादक डा. गोकुल सिन्हा खरसाङ, दार्जिलिङका हुन् । कविता, लघुकथा, निबन्धमा कलम चलाउने डा. सिन्हाका थुप्रै मौलिक तथा अनुवादका कृतिहरू प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप