आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीलाई गुमाउँदा बार्सिलोनाको दोस्रो जीत

बिहीबार, १८ असोज २०८०, ०९ : १३
बिहीबार, १८ असोज २०८०

पोर्टो । स्पेनिस महारथी बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार राति समूह एच अन्तरगतको खेलमा बार्साले पोर्टोलाई १–० गोलले हराएको हो ।

खेलको पहिलो हाफमा फेरान टोरेसले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफमा रोबर्ट लेवान्डोस्की घाइते हुँदै मैदान छाड्न बाध्य भएपछि उनको स्थानमा टोरेस मैदान प्रवेश गरेका थिए । उनले इल्के गुन्डोगानको पासमा पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

पोर्टोले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पोर्टोका सबै प्रयास विफल बनाएका थिए । खेलको अन्त्यमा गाभीले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य बनेका थिए ।

खेलमा बार्सिलोनाका युवा खेलाडी लामिन यामाल च्याम्पियन्स लिगमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने । उनले १६ वर्ष ८३ दिनको उमेरमा प्रतियोगिताको खेलमा सुरुवात गरेका हुन् ।

समूह एचमा बार्सा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । पोर्टो ३ अङ्कसहित दोस्रो स्थानमा छ । ३ अङ्क नै बटुले पनि शाख्तार डोनेस्क तेस्रो स्थानमा छ । अङ्कविहीन रोयल एन्टर्प चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप