आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा सम्बद्ध किसान महासंघ संगठन विस्तार गर्दै

बिहीबार, १८ असोज २०८०, १५ : १२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी किसान महासंघ बागमती प्रदेश समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

पार्टीले तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेसँगै महासंघ पनि संगठन विस्तारमा जुटेको हो । महासंघले काठमाडौँ जिल्ला समिति मनोज डंगोलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको जसपाले जनाएको छ ।

महासंघको ललितपुर जिल्ला समिति मानबहादुर नेगीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी बुद्धकुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय चितवन जिल्ला समिति गठन गरिएको छ ।

महासंघले बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला समिति गठन गर्नेगरी कार्यलाई अगाडि बढाइरहेको महासंघका बागमती प्रदेश अध्यक्ष विक्रम पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप