आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्साको विवाद समाधान गर्न जसपाले बनायो कार्यदल

बिहीबार, १८ असोज २०८०, १६ : १३
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिमा देखिएको विवाद समाधानका लागि सो पार्टीले कार्यदल गठन गरेको छ ।

जसपाको मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षद्वय रामपृत पासवान र सुशील कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेको प्रदेश समितिका प्रचार प्रसार विभाग प्रमुख सुशिल कुमार यादवले बताए ।

पार्टीको पर्सा जिल्ला अध्यक्षको विषयमा विवाद उत्पन्न भएको हो । एउटा पक्षले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर बहुदरामाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको छ । असोज १० गते अध्यक्ष रामनरेशको अनुपस्थितिमा बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो । 

चार वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, उनी अध्यक्ष भएर आएपछि जिल्लामा पार्टी कमजोर भएको, जिल्लाका नेताहरुले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्दै गरेको कारण देखाउँदै उनलाई हटाइएको हो ।

तर अध्यक्ष रामनरेश यादवले जिल्ला समितिको अध्यक्ष आफू नै रहेको दाबी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप