आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले गण्डकी अधिवेशन : निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

बिहीबार, १८ असोज २०८०, १६ : ३७
बिहीबार, १८ असोज २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।  

बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो । 

प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए । 

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरुको भूमिका उल्लेखनीय रहने बताए । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात् उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप