मंसिर ९ गते नर्सिङ लाइसेन्सको परीक्षा हुने
बिहीबार, १८ असोज २०८०, १४ : ००
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा आगामी मंसिर ९ गते सञ्चालन गर्ने भएको छ ।
परिषद्ले बिहीबार सूचना प्रकाशन गरी त्यसका लागि असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्ने जानकारी दिएको छ ।
यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
१५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।