आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पानीले बिथोल्यो एमाले गण्डकीको मतदान

बिहीबार, १८ असोज २०८०, १९ : ४२
बिहीबार, १८ असोज २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ । मतदान स्थल बाहिर भीषण वर्षा भएपछि मतदानमा समस्या भएको हो । 

साढे ५ बजेसम्मका लागि समय दिइएकोमा अझै २ सय हाराहारी मत खस्न बाँकी रहेको र मतदाता लाइनमा रहेका निर्वाचन समितिले जनाएको छ । ‘लाइनमा बसेका मतदातालाई मतदानको अधिकार दिनै पर्छ,’ संयोजक सुरेन्द्र थापामगरले भने, ‘अहिले पानी परिरहेको छ । केही समस्या परेको छ ।’

पोखरा सभागृहमा मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार मतदान गर्न अझै २ घण्टाजति समय लाग्नेछ । त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताइएको छ । मेसिन मार्फत मतदान भएकोले गणनामा धेरै समय नलाग्ने निर्वाचन समितिले जनाएको छ । साढे २ घण्टाभित्र सबै नतिजा आइसक्ने समिति संयोजक थापाले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप