आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले गण्डकीको मतदान सकियो, २० जनाले हालेनन् भोट

बिहीबार, १८ असोज २०८०, २१ : १६
बिहीबार, १८ असोज २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत मतदान सकिएको छ । बिहीबार मध्यान्न १२ बजेदेखि सुरु मतदान राति ९ बजे सकिएको हो । 

८८७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । ९०७ मतदातामध्ये २० जना मतदानमा सहभागी नभएका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए । 

केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । दुवै अध्यक्ष प्यानल सहित मैदानमा ओर्लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप