आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

डिन जोन्सको ‘बाउन्ड्री’ विवाद र भारतले भोगेको एक रनको हार

शुक्रबार, १९ असोज २०८०, ११ : ०२
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । सन् १९८७ को एकदिवसीय विश्वकप भारत र पाकिस्तानमा आयोजना भएको थियो । त्यो विश्वकपमा भारत र अस्ट्रेलिया समूह ‘ए’ मा परेका थिए । समूहगत चरणको पहिलो खेल भारत र अस्ट्रेलियाबिच नै भएको थियो । 

भारतीय टोलीका कप्तान थिए, कपिल देव । पहिलो खेलमा अस्ट्रेलियाले टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो । खेलका क्रममा तेस्रो नम्बरका अस्ट्रेलियन ब्याट्सम्यान डिन जोन्सले ‘बाउन्ड्री’ प्रहार गरेका थिए । डिन जोन्सले प्रहार गरेको त्यो ‘बाउन्ड्री’ चौका हो वा छक्का भनेर बिवाद सुरु भयो । 

त्यतिबेला ‘बाउन्ड्री’ नजिकै भारतका रवि शास्त्री फिल्डिङ गर्दै थिए । उनले डिन जोन्सको प्रहार चौका भएको जानकारी अम्पायरलाई गराए । तर, डिन जोन्सले भने आफ्नो प्रहार छक्का नै भएको दाबी गरिरहे । 

त्यसपछि अम्पायरले भारतीय टोलीका कप्तान कपिल देवसँग सल्लाह गरे । केही समयको छलफलपछि कपिल देव पनि डिन जोन्सको प्रहारलाई छक्का मान्न सहमत भए । त्यो खेलमा डिन जोन्सले ३९ रन बनाए । 

अन्ततः त्यो खेलमा भारत केवल एक रनका कारण पराजित हुन पुग्यो । त्यो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप