आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको हेटौँडा जनसभा

शुक्रबार, १९ असोज २०८०, १३ : ४६
शुक्रबार, १९ असोज २०८०

हेटौँडा । नेकपा एमीकृत समाजवादी पार्टीको समाजवादी जागरण अभियान २०८० अन्तर्गत हेटौँडामा जनसभा आयोजना गरेको छ । कोशी प्रदेशको मेचीबाट सुरु भएको अभियान मधेस प्रदेश हुँदै शुक्राबर हेटौँडा आइपुगेको हो ।

अभियान अन्तर्गत एकीकृत समाजवादी मकवानपुरको आयोजनामा हेटौँडाको सीमा चोकमा जनसभा आयोजना गरिएको हो । रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा आम नागरिकमा जानकारी गराउन अभियान संचालन गरिएको र सोही अनुसार हेटौँडामा जनसभा आयोजना गरिएको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ ।

अभियान अन्तर्गत हेटौँडाको जनसभामा एककिृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एककिृत समाजवादी पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव रामकुमारी झाक्री, उपमहासचिव गंगाधर तुलाधर लगायतको उपस्थिति रहेको छ ।   

तस्बिरहरु :

samjabadi-sava-hetauda (1)samjabadi-sava-hetauda (2)samjabadi-sava-hetauda (3)samjabadi-sava-hetauda (4)samjabadi-sava-hetauda (5)samjabadi-sava-hetauda (6)samjabadi-sava-hetauda (7)samjabadi-sava-hetauda (8)samjabadi-sava-hetauda (9)samjabadi-sava-hetauda (10)samjabadi-sava-hetauda (11)samjabadi-sava-hetauda (12)samjabadi-sava-hetauda (13)samjabadi-sava-hetauda (14)samjabadi-sava-hetauda (15)samjabadi-sava-hetauda (16)samjabadi-sava-hetauda (17)samjabadi-sava-hetauda (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप