आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डच बलरहरुको दबाब झेल्दै पाकिस्तानी ब्याट्सम्यान

शुक्रबार, १९ असोज २०८०, १५ : १४
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिन शुक्रबार नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले खराब सुरुआत गरेको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म तीन महत्वपूर्ण विकेट गुमाएर ४३ रनमात्र बनाउन सकेको छ ।

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान अविजित चार र साउद सकिल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । टोलीको कुल स्कोर १५ रन हुँदा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो । 

पहिलो विकेटका रुपमा ओपनर फाखर जामन १२ रन बनाउँदै आउट भएका थिए । टोलीको कुल स्कोर ३४ रन हुँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो । कप्तान बाबर आजम पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

त्यसपछि अर्का ओपनर इमाम उल हक पनि १५ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा पाकिस्तानले ३८ रन बनाएको थियो । खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सका बलरले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । नेदरल्यान्ड्सका बलर लोगन भान विक, कोलिन एकरम्यान र पल भान मिकेरनले एक—एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप