आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपकले ल्याए करोड भ्युज पाएको ११ गीतको सङ्ग्रह

शुक्रबार, १९ असोज २०८०, १७ : २२
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । संगीतकार दिपक शर्माले युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको आफूद्वारा संगीतबद्ध ११ वटा आधुनिक, लोकपप गीतहरुको सङ्ग्रह ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौँमा एक समारोहबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री, गीतकार राधिका अधिकारी र संगीतकार दिपक शर्मा आफैँले यो गीति सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाएको नेपाली आधुनिक गीत पिरेम नलाउने सहित ११ वटा गीतलाई दिपकको यो सँग्रहमा समेटिएको छ । जसमा दिपकको रचना र संजिव पराजुलीको स्वरको छैन मलाई पिर..., दिपकको रचना र प्रमोद खरेलको स्वर रहेको छुट्टिएर तिमीसँग..., दीपककै शब्द र मेलिना राई एवम् पदम राईको स्वरको पछिपछि लागेर..., दिपकको शब्द र रुपेश चन्द्रको स्वर रहेको बालखैमा दिल बस्यो..., सरोज ओलीको शब्द तथा सरोज र मेलिना राईको स्वर रहेको ए है मायाँ...गीत सँग्रहित छ । 

यस्तै यो सँग्रहमा दिनेश थपलियाको शब्द र सरोज ओली एवम् मेलिना राईको स्वरको अर्को जुनी खै कुन्नी..., सरोज ओलीको शब्द र मेलिना राई एवम् राजेश पायल राईको स्वरको फुल फूलेको बन..., दिपककै शब्द र सहिमा श्रेष्ठसँगै संदिप न्यौपानेको स्वरको ओकल दोकल..., अमर बान्तुको शब्द र धु्रब बिस्को एवम् सहिमा श्रेष्ठको स्वरको सिल्की कपाल...र घनश्याम ओलीको शब्द र मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको आयौ चेली...जस्ता एक करोड भन्दा बढी भ्युज पाएको गीत यो एल्बममा सँग्रहित छ ।

यी बाहेक चलचित्रका ६ वटा र अन्य ४ वटा गरेर अरु १० वटा गीतहरुले पनि युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको पनि संगीतकार दीपक शर्माले कार्यक्रममा बताए । 

जीवनमा पहिलो पटक छोराको गीति सङ्ग्रह विमोचन गर्न पाउँदो साह्रै खुसी लागेको बुबा हरिलाल जैशीले कार्यक्रममा बताए । विमोचन समारोहमा उनी निक्कै भावुक भएका थिए ।

गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीतकारमा सबै गीतहरु हिट बनाउने नायकको रुपमा संगीतकार दिपक शर्मा परिचित रहेको बताए ।

यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दिपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने बताए । नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने संगीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षत्रीले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप