आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राज्यका तीनवटै अंगले संविधान मिचे : पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ

शुक्रबार, १९ असोज २०८०, १८ : ४७
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताएका छन् ।  

शुक्रबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानुन व्यवसायी मञ्चको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे । 

पूर्व महान्यायाधिवक्ता श्रेष्ठले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताए । पूर्वराष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधान विपरीतका कानुनहरू बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गरे ।

नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानुन व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताए । उनले कानुन व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानुनी प्रबन्ध अनुसार नै भएका बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप