आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मंच स्पेनले “नमस्ते बार्सिलोना–२०२३” कार्यक्रम गर्ने

शुक्रबार, १९ असोज २०८०, २० : ०७
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेपाली जनप्रगतिशील मंच स्पेनले “नमस्ते बार्सिलोना–२०२३ ” आयोजना गर्ने भएको छ । मंचले २२ अक्टुबर २०२३ तथा कात्तिक ५ गते आइतबार स्पेनको पर्यटकीय सहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडि कार्यक्रम गर्न लागेको हो ।

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बार्सिलोना नगरपालिका, सांस्कृतिक विभागसँग सहकार्य गरेर मञ्चले विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथा शुभकामना आदानप्रदान कार्यक्रम  “नमस्ते बार्सिलोना–२०२३ ” मा  स्पेनवासी नेपालीहरुको उपस्थिति हुने जनाइएको छ । 

कार्यक्रममा नेपाली पन्चैबाजा पोर्चुगलबाट ल्याइने भएको छ । यस्तै नेपाली कलासंस्कृति, जातजाति भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामाग्रीहरू, साथमा नेपाली खानाका परिकारहरूको चार वटा स्टल रहने नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक अशोक किरण न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप