आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकहरुसँग गरेका सहमति उल्लेख नगरी विधेयक पेश गरेको भन्दै सांसद बरालको आपत्ति

शुक्रबार, १९ असोज २०८०, २० : ३९
शुक्रबार, १९ असोज २०८०

काठमाण्डौं । नेकपा एमाले सांसद सुनिता बरालले सरकारले शिक्षकहरुसँग गरेका सम्झौता र सहमति उल्लेख नै नगरी विद्यालय शिक्षा विधेयक–२०८० संसदमा पेश गरेको भन्दै आपत्ति जनाएकी छन् । 

शुक्रबार प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बरालले शिक्षकहरुलाई सरकारले ढाँट्ने काम गरेको आरोप लगाइन् । आफू संसद् निर्वाचित भएर आएपछिको पहिलो सम्बोधनमै शिक्षा विधेयक ल्याउनुपर्ने माग राखेको स्मरण गर्दै उनले विधेयक आएकामा खुसी भए पनि शिक्षा क्षेत्रको समग्र विकासका लागि विधेयकका प्रावधान पर्याप्त नभएकामा दुःखी भएको बताइन् । शिक्षा राम्रो हुनुपर्छ र शिक्षामार्फत गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुक समृद्ध बनाउने संकल्प सार्थक पार्नुपर्ने दायित्व भए पनि सरकार विधेयकमा चुकेको उनको टिप्पणी थियो । समितिमा छलफलमा जाँदासम्म नमिलेका धेरै विषय संशोधन भएर आउने विश्वास उनले व्यक्त गरिन् । 

उनले भनिन्, ‘शिक्षकहरुसँग सम्झौता र सहमति भएको कुरा हामीलाई पनि थाहा छ ।  तर, शिक्षकहरुलाई सरकारले भुक्याएर विधेयक ल्याएको छ,  यो सच्याइयोस् । समितिमा जाँदा शिक्षकहरुसँगका सहमति समावेश गर्न म ध्यानकषण गराउन चाहन्छु ।’ 

बरालले अपांगता भएका शिक्षाहरुका विषयमा विधेयक मौन रहेको बताइन् । उनले अपांगता भएका शिक्षकको दरबन्दी तोक्दा र सरुवा गर्दा विवेक पुर्‍याउनुपर्ने अवस्था रहेकामा जोड दिइन् । तीन तहका सरकार र जिल्ला शिक्षा समन्वय इकाईसहित शिक्षा सम्बद्ध निकायबीच उचित सहकार्य र समन्वय हुन नसक्दा शिक्षा क्षेत्रमा राज्यले गरेको लगानीको प्रतिफल आउन नसकेकोमा बरालले सदनको ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप